अष्ट्रेलियामा पनि भेटियो ओमिक्रोन भेरियन्ट — OSNepal

अष्ट्रेलियामा पनि भेटियो ओमिक्रोन भेरियन्ट

LC (KTM) November 28, 2021 0

सिड्नी, १२ मङ्सिर, -अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् ।पूर्वी राज्य न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक परीक्षण उक्त सङ्क्रमण भेटिएको जनाएका छन् ।

किर्गिस्तानमा संसदीय निर्वाचन शुरु-किर्गिजस्तानमा आइतबारदेखि संसदीय निर्वाचन शुरु भएको छ जसमा ७३६ अन्तरराष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनको पर्वेक्षण गरिरहेका छन् । उक्त निर्वाचनबाट पाँच वर्षको कार्यकालका लागि ९० जना सांसदहरू चयन हुनेछन् ।देशको केन्द्रीय निर्वाचन आयोग (सीईसी) का प्रमुख नुरझान शैल्दाबेकोवाले आइतबार बिहान स्थानीय समय अनुसार बिहान ८ बजे (०२०० GMT) मा आयोजित पत्रकार सम्मेलनमा निर्वाचनका लागि त्यहाँ २ हजार ४ सय ३५ मतदान केन्द्र खोलिएको जानकारी दिनुभएको छ । ती मतदान केन्द्रहरू बेलुका ८ बजेसम्म खुला रहनेछन्। त्यसैगरी २९ देशमा थप ५९ मतदान केन्द्र खोलिनेछ ।

सांसदहरू मिश्रित निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् जसमध्ये ५४ राजनीतिक दलबाट समानुपातिक प्रणालीमा र अन्य ३६ जना एकल मत भएका निर्वाचन क्षेत्रबाट बहुमतका आधारमा निर्वाचित हुनेछन् ।निर्वाचनमा भाग लिन २१ राजनीतिक दल दर्ता भएका छन् भने एकल मत भएका निर्वाचन क्षेत्रमा २ सय ८० भन्दा बढी उम्मेदवारले उमेद्वारी दर्ता गराएका छन् ।
प्रमुख निर्वाचन आयुक्तको तथ्याङ्कअनुसार राजनीतिक दललाई तीन लाख ७०३ हजार ४२० जना मतदाताले मतदान गर्नेछन् भने एकल कार्यक्षेत्रमा तीन लाख १९ हजार २९२ जनाले मतदान गर्नेछन् ।आन्तरिक मामिला मन्त्रालयले यसअघि मतदान केन्द्रमा सार्वजनिक सुव्यवस्था र सुरक्षाका लागि ११ हजारभन्दा बढी प्रहरी परिचालन गरिने जनाएको थियो ।(रासस- एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर