फ्यानले पोस्टरमा दुध चढाए पछि रिसाए सलमान खान, भने– कसैको भाग्यमा पानी समेत छैन , यसरी दुध बर्बाद नगरौ — OSNepal

फ्यानले पोस्टरमा दुध चढाए पछि रिसाए सलमान खान, भने– कसैको भाग्यमा पानी समेत छैन , यसरी दुध बर्बाद नगरौ

LC (KTM) November 28, 2021 0

सलमान खानको फिल्म अन्तिम : द फाइनल ट्रथ सिनेमाघरमा लागेको छ । यसैक्रममा उनको एक फ्यानले हिले सिनेमाहलमा पटका पड्काईरहेको त कहिले सलमानको पोस्टरमा दुधले अभिषेक गरिरहेको भिडियो अहिले भाइरल भएको छ । फ्यानको यो हर्कत देखेर सलमान खान रिसाएका छन् । उनले यो भिडियो शेयर गर्दै सबैलाई यस्तो हर्कत नगर्न अनुरोध गरेका छन् ।

उनले शेयर गरेको भिडियोमा उनका फ्यानले पोस्टरमा दुध चढाईरहेको देख्न सकिन्छ । सलमानले भिडियो क्याप्सनमा लेखेका छन्– कतिपय लाई पानी समेत भाग्यमा लेखेको छैन तपाई यसरी दुध बर्बाद गरिरहनु भएको छ । यदि तपाई लाई दुध नै दिनु छ भने म आव्हान गर्छु कि गरीब बच्चालाई पिलाउनु होस् , जस्ले दुध पिउन पाएका छैनन् ।

यसभन्दा पहिला सलमान खानले एक भिडियो शेयर गरेका थिए जुन भिडियोमा उनको फ्यानले सिनेमाहलमा पटका पड्काई रहेका थिए । सलमान यस हर्कत प्रति पनि एकदमै दुखी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर