इटालीमा पनि ओमिक्रोन भेरिएन्टको पहिलो सङ्क्रमित भेटियो — OSNepal

इटालीमा पनि ओमिक्रोन भेरिएन्टको पहिलो सङ्क्रमित भेटियो

LC (KTM) November 28, 2021 0

रोम, इटाली, १२ मङ्सिर -इटालीको दक्षिणी क्याम्पानिया क्षेत्रका एक नागरिकमा कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट को पहिचान गरिएको इटालियाली अधिकारीलाई उद्धृत गरी यहाँको सरकारी समाचार संस्था (आन्सा)ले आइतबार समाचार सम्प्रेषण गरेको छ ।सङ्क्रमित व्यक्ति ‘केही दिन पहिले’ मोजाम्बिकबाट मिलान फर्केका बताइएको छ । एउटा अन्तरराष्ट्रिय कम्पनीका कर्मचारी ती बिरामीले दुवै मात्रा खोप लगाइएको थियो ।

आइतबार क्याम्पानिया क्षेत्रको प्रशासनद्वारा जारी वक्तव्यमा भनिएको छ,“दक्षिण अफ्रिकाबाट फर्केका ती नागरिकमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै उनको पाँच जनाको परिवार र उनलाई सङ्क्रमण फैलिन रोक्न भनी तत्काल छुट्टै राखी उपचार सेवा शुरू गरिएको छ ।मिलानस्थित साक्को अस्पतालमा परीक्षण पछि मोजाम्बिकबाट आएका ती व्यक्तिमा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको हो ।बिरामी र उनका परिवार सबै स्वास्थ्य संस्थाको सम्पर्कमा रहेको र अहिलेसम्म सबैको स्वास्थ्य अवस्था राम्रो रहेको आइतबार इटालीको नेशनल इन्स्टिच्यूट अफ हेल्थले जानकारी गराएको छ ।

विश्व स्वास्थ्य संगठनले गत शुक्रबार सार्स–कोभ–२ को नवीनतम संस्करण बी.१.१.५२९ लाई ‘चिन्ताको विषय’ घोषणा गरेको थियो । संगठनले यो संस्करणलाई कोभिडको खतरनाक भाइरस भन्दै आधिकारिक रूपमा यसलाई ग्रीक नाम ओमिक्रोन दिएको थियो । विश्व स्वास्थ्य संगठनले विश्व समुदायलाई यस नयाँ ‘भेरिएन्ट’ विरुद्ध निगरानी र नियन्त्रणको प्रयासलाई अझ बढाउन आग्रह गरेको छ । शनिबार इटालियाली स्वास्थ्य मन्त्री रोबर्टो स्पेरान्जाले विगत १४ दिनमा दक्षिण अफ्रिका, लेसोथो, बोत्स्वाना, जिम्बाबे, मोजाम्बिक, नामिबिया, एस्वाटिनी र मलावीको भ्रमण गरेका मानिसहरूमाथि यात्रा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गर्नुभएको थियो । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर