ए डिभिजन लिगमा पुलिसको पहिलो जित — OSNepal

ए डिभिजन लिगमा पुलिसको पहिलो जित

LC (KTM) November 28, 2021 0

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा जावलाखेल युथ क्लबलाई एक शुन्यको गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकाल्न सफल भएको हो । पुलिसलाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरेका थिए ।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा पुलिसले गोल गर्न सफल भएको थियो । आजको यो जितसँगै पुलिसले २ खेलमा ४ अंक बटुल्न सफल भएको छ । पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग एक एक गोलको बराबरी खेलेको थियो । आजको खेलको म्यान अफ दि म्याच पुलिसका रबि पासवान घोषित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर