ए डिभिजन लिग फुटबल : सुमनको गोलमा पुलिस विजयी — OSNepal

ए डिभिजन लिग फुटबल : सुमनको गोलमा पुलिस विजयी

LC (KTM) November 28, 2021 0

काठमाडौँ, १२ मङ्सिर-विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित दर्ज गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पुलिसका लागि सुमन लामाले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ७०औँ मिनेटमा रवि पासवानको पासमा उत्कृष्ट गोल गर्नुभयो । लिगमा सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो १ बजे न्युरोड टिम (एनआटी) र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) तथा दोस्रो खेलमा दिउँसो पौने पाँच बजे मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर