पहिलो पटक आइटम गर्ल राखी सावन्तको श्रीमान् बिग बोस १५ मार्फत यसरी सार्वजनिक भए — OSNepal

पहिलो पटक आइटम गर्ल राखी सावन्तको श्रीमान् बिग बोस १५ मार्फत यसरी सार्वजनिक भए

LC (KTM) November 28, 2021 0

मनोरञ्जनी रानी राखी सावन्तले बिग बोस १५ मा धमाकेदार इन्ट्रि मारेकी छिन् । तर यसपटक राखी एक्लै आईनन् । उनी आफ्नो श्रीमान् रितेश संग बिग बोसको हिस्सा बन्न आईपुगेकी हुन् । बिग बोस १५ मार्फत राखी सावन्तको श्रीमान् पहिलो पटक दुनियाको माझमा आएका हुन् । उनको इन्ट्रिले कैयौ सवालहरुलाई पुर्ण बिराम पनि लगाई दिएको छ ।

विकेन्डका बार एपिसोडमा राखी सावन्तले पहिलो पटक आफ्नो मायालु श्रीमान् रितेशलाई सलमान खान संग मिल्ने मौका जुराएकी छिन् । त्यस्तै सलमानले रितेश संग एकदमै धेरै गफ पनि गरेका थिए । पति यसरी बाहिर सार्वजनिक भएको देख्दा राखी पनि एकदमै खुशी देखिएकी थिईन् ।

राखीको यो खुशी देखेर सलमानले राखी संग एकदमै मस्ति समेत गरेका थिए । सलमानले राखी संग ठट्टा गर्दै सोध्छन्– के यीनी साँच्चिकै तिम्रो पति हो या फेरी यीनलाई हायर गरेर ल्याएको हो । सलमान खानको यो कुरा सुनेर सबै हाँस्छन् । राखी पनि मुस्कुराउँदै भन्छिन्– है हैन यी मेरो पति परमेश्वर नै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर