फ्रान्सको प्रिमियर लिग फुटबल लिग वानमा पीएसजीको जित, मेस्सीले गरे ३ गोलका लागि असिस्ट — OSNepal

फ्रान्सको प्रिमियर लिग फुटबल लिग वानमा पीएसजीको जित, मेस्सीले गरे ३ गोलका लागि असिस्ट

LC (KTM) November 28, 2021 0

फ्रान्सको प्रिमियर लिग फुटबल लिग वानअन्तर्गत आइतबार भएको खेलमा पेरिस सेन्ट जर्मन पीएसजी बिजयी भएको छ । उसले सेन्ट एटिएन्नीलाई एकका बिरुद्ध तीन गोल पराजित गरेको हो। पीएसजीका लागि मार्क्विनहोसले दुई गोलको योगदान दिए भने एन्जेल डी मारियाले एक गोल गरेका थिए।

लियोनल मेस्सीले गोल नगरे पनि तीनवटै गोलका लागि उनले नै असिस्ट गरेका थिए । खेलमा सुरुवाती अग्रता भने एटिएन्नीले बनाएको थियो । एटिएन्नीका डेनिस बौङ्गाले २५ औँ मिनेटमा गोल गरेका थिए। पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो। पीएसजीले १४ खेलबाट ३७ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको निसको १५ खेलबाट २६ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर