इंग्लिस प्रिमियर लिग : जित संगै सिटी शीर्ष स्थानको चेल्सी संग अंक बराबरी गर्न सफल — OSNepal

इंग्लिस प्रिमियर लिग : जित संगै सिटी शीर्ष स्थानको चेल्सी संग अंक बराबरी गर्न सफल

LC (KTM) November 28, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानको चेल्सी संग अंक बराबरी गरेको छ । आज राती सम्पन्न खेलमा जित निकाल्दै सिटीले चेल्सी संग अंक बराबरी गरेको हो । सिटीले वेस्ट ह्याम युनाईटेडलाई दुई एक गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले एक एक गोल गरे ।

वेस्ट ह्यामका म्यानुएल लान्जिनीले सान्त्वना स्वरुप एक गोल फर्काएका थिए । आजको जित संगै सिटी १३ खेलमा २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम २३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै लेष्टर सिटीले वाट्फोर्डलाई चार दुई गोल अन्तरले पराजित गरेको छ । यस्तै ब्रेन्टफोर्डले एभर्टनलाई एक शुन्य गोल अन्तरले हराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर