एमाले महाधिबेशन : चुनावको बाटो खुल्ला , राती नै उम्मेद्धारीका लागि समय छुट्याईयो , मतदान भोली देखी हुने — OSNepal

एमाले महाधिबेशन : चुनावको बाटो खुल्ला , राती नै उम्मेद्धारीका लागि समय छुट्याईयो , मतदान भोली देखी हुने

LC (KTM) November 28, 2021 0

अन्ततः सहमती जुटाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रयास असफल भएपछि नयाँ नेतृत्व चुनाव बाटै छानिने भएको छ । सहमति हुन नसकेका पदमा चुनाव गराउन एमाले निर्वाचन आयोगले निर्वाचन कार्यतालिका समेत अबेर रातमा सार्वजनिक गरेको छ। सर्वसम्मत नेतृत्व चयनका लागि नाम पेश गर्न केपी ओलीलाई सार्वधिकार दिइएको छ ।

तथापी कसैलाई चित्त नबुझेको खण्डमा जुन पदमा चित्त बुझ्दैन सोही पदमा चुनावमार्फत नेतृत्व चयन गरिने भएको छ । आयोगले प्रकाशित गरेको कार्यातालिका अनुसार आज राति ११ः३० देखि १२ः३० बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय छुट्याइएको छ । आज राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।मतदान भने भोली बिहान ९ बजेदेखि अपरान्ह ४ बजे सम्मका लागि तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर