आज बिवाहका लागि शुभ साइत, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल — OSNepal

आज बिवाहका लागि शुभ साइत, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल

LC (KTM) November 29, 2021 0

काठमाडौं, १३ मंसिर । आजको पात्रो : १३ मंसिर, सोमबार । २९ नोभेम्बर । मार्गशीर्षकृष्णपक्ष दशमी तिथि । उतरफाल्गुनी नक्षत्र, प्रिती योग र चन्द्रमा कन्या राशिमा रहेको छ । सोमबार शिवालयमा यात्रा गर्ने बार हो । आज सूर्योदय बिहान ६ः३७ मा हुनेछ भने सूर्यास्त ५ बजेर ६ मिनेटमा हुनेछ ।

बिहान ७ः५६ देखि ९ः१५ सम्मको समय राहुकाल छ । ११ः३२ देखि १२ः१४ सम्म अभिजित मुहूर्त रहेको छ । सोमबारका दिन शुभ कार्यका लागि निकै शुभ मानिन्छ । बाहन खरिद गर्ने हो भने सोमबार उपयुक्त दिन हो । आजको देवता विष्णु र ग्रहदेव बुध रहेको छ । आज विवाहको शुभ साइत रहेको छ । आज बिवाहको लागि निकै शुभ साइत पनि रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन अर्थलाभ योग छ । व्यापारबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनुहोला । सकारात्कम सोच राखेर काम गर्नुपर्ने छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : विगतमा गरेको कामबाट अर्थआर्जन हुनेछ । तर मनमा निरासा छाउने छ । पारिवारिक समस्याका कारण आयभन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईहरुको लागि शुभ मानिन्छ । कसैसँग विवाद गर्नु हानी मात्र हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको समय र दिन अनुकुल छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । व्यापारमा तपाईँले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्ने छ । सहयोगी भावका कारण तपाईलाई सन्तोष मिल्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन तपाईँको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईँका लागि हानी हुनेछ । आजको दिन बिहान शिलालय दर्शन र नवग्रह दर्शन गर्दा तपाईको समस्या समाधान हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धिका काम हुनेछ । मानसिक शान्ति र यात्रा हुने सम्भावना छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन शुभ रहेको छ । चन्द्रमाको साथ रहेकाले तपाईले सोचे अनुसारको काम हुनेछ । तपाईँले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । पुरुष र महिलाले आजको दिन कसैसँग विवाद नगर्नु नै बेस हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईँले आजको दिन सुरु गरेको काम सफल हुनेछ । व्यापारव्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । पुरुष जातकका लागि स्त्रिबाट प्राप्त हुने सहयोगले मनमा प्रसन्नाता छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईँको भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईँले गरेको कामको प्रसंशा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईँले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन बिहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आर्थिक बृद्धि हुने सम्भावना छ । कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा प्रसन्नता छाउने छ । आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । सोमबार सुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । त्यसैले आजको दिन तपाईँले गरेको निर्णयले निकै फाइदा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर