मेस्सीको कमालको खेल, पिएसजीको शानदार जित — OSNepal

मेस्सीको कमालको खेल, पिएसजीको शानदार जित

LC (KTM) November 29, 2021 0

काठमाडौ, १३ मंसिर . स्टार खेलाडी लिओनल मेस्सीले तीन असिस्ट दिएपछि फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । आइतबार भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित सेन्ट इटिएनलाई ३-१ अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा मेस्सीले तीन असिस्ट दिँदा मार्विन्होसले २ तथा एन्जेल डि मारियाले १ गोल गरे ।

जितसँगै पीएसजीले १५ खेलमा ४० अंक जोड्दै शीर्ष स्थानमा छ । सेन्ट इटिएन १२ अंक जोडेर २०औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर