स्पेनिस ला लिगा : लिग लिडर रियल मड्रिडले दशौँ जित — OSNepal

स्पेनिस ला लिगा : लिग लिडर रियल मड्रिडले दशौँ जित

LC (KTM) November 29, 2021 0

काठमाडौ, १३ मंसिर – स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले दशौँ जित निकालेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली रियलले १ गोलले पछि परेको स्थिति उटाउदै सेभिल्लामाथी २-१ अन्तरको जित निकालेको हो ।

रियलको पुनरागमन जितमा करिम बेन्जेमा र भिनिसिअस जुनियरले १-१ गोल गरे । यसअघि सेभिल्लाका राफा मिरले १२औँ मिनेटमा अग्रता बनाएका थिए ।

जितसँगै रियल मड्रिड १४ खेलमा १० जितसहित ३३ अंक बनाएको छ । आइतबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले काडिजलाई ४-१ गोल अन्तरले पराजित गर्‍याे ।

एथ्लेटिकोको जितमा थोमस लेमार, एन्टोनियो ग्रीजम्यान, एन्जेल कोरिया र म्याथ्युस कोन्हाले १-१ गोल गरे ।

काडिजको लागि एन्थोनी लोजानोले सान्त्वना गोल फर्काए । जितसँगै एथ्लेटिको १४ खेलबाट २९ अंक बनाएर दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर