विश्वमै विरलै देखिने जण्डिस रोेगबाट ग्रसित पुनको स्वाथ्यमा सुधार — OSNepal

विश्वमै विरलै देखिने जण्डिस रोेगबाट ग्रसित पुनको स्वाथ्यमा सुधार

LC (KTM) November 29, 2021 0

काठमाडौं १३ मंसिर नेकपा माओवादीका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको बताइएको छ । गत शुक्राबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटलमा पुनलाई लगिएको थियो ।

उनको उपचारको लागि तीन दर्जन भन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन् । उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको जानकारी दिएकी हुन् ।

विश्वमै विरलै देखिने जण्डिस रोेगबाट ग्रसित पुन विगत डेढ महिना देखि बैंककमा उपचार गराइरहेका थिए । त्यँहाको उनको स्वस्थ्यमा सुभार नआएपछि डाक्टरको सल्लाह बमोजिम उनलाई थप उपचारको लागि चीन लगिएको हो ।

माओवादी केन्द्रका  एक  नेताले दिएको  जानकारी  अनुसार   अहिले  नेता पुनलाई  शरीर चिलाएको  नभएको खाना खान पनि थालको  बताएका   छन् ।     बैंककबाट चीन जाँदा उनको शरीर   सुनिएर  ७२ केजी पुगेको  थियो  । चीनमा  लगेपछि      ६७ केजीमा झरेको   पनि ति नेताले बताएका   छन् । 

अध्यक्ष प्रचण्डले पुन सँग भिडियो कल गरेको भन्दै ति नेताले प्चण्डको भनार्य उद्दत गर्दै भने, दिसामा रगत जाने समस्या थियो, त्यो पनि बन्द भएको छ रे ।’

जण्डिस (बिलरुविन)को मात्रा अहिले घटेर १८ मा झरेको छ । यसअघि बैंककमा छँदा बिलरुविनको मात्रा २२ थियो । बिलरुविन बढ्दा बान्ता हुने , शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या पुनमा देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर