एमालेमा तीनवटा प्रदेशबाट सबै निर्विरोध, चारवटा प्रदेशमा प्रतिस्पर्धा हुन सक्ने — OSNepal

एमालेमा तीनवटा प्रदेशबाट सबै निर्विरोध, चारवटा प्रदेशमा प्रतिस्पर्धा हुन सक्ने

LC (KTM) November 29, 2021 0

काठमाडौं, १३ मंसिर-नेकपा एमालेको १०औं महाधिवेशनले सात प्रदेशमध्ये तीन प्रदेशका केन्द्रीय सदस्य निर्वराेध रूपमा चयन गरेकाे छ । बाँकी चार प्रदेशमा आन्तरिक प्रतिस्पर्धा हुने देखिएको छ ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको नाै-नाै गरी २७ जना केन्द्रीय सदस्यहरू निर्विरोध चयन हुने भएका छन् । प्रदेश १, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा महिलातर्फका उम्मेदवार निर्विरोध हुने भएका छन् ।

प्रदेश १, बाग्मती प्रदेश, कर्णाली र सुदूरपश्चिमा उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् भने खुलातर्फ आन्तरिक प्रतिस्पर्धा हुनेछ भने सुदूरपश्चिम प्रदेश मात्रै यस्तो प्रदेश भएको छ, जहाँ खुला र महिला दुवै कोटामा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर