ए डिभिजन लिगमा साबिकको बिजेता मछिन्द्र र उपबिजेता आर्मी गोलरहित बराबरीमा रोकिए — OSNepal

ए डिभिजन लिगमा साबिकको बिजेता मछिन्द्र र उपबिजेता आर्मी गोलरहित बराबरीमा रोकिए

LC (KTM) November 29, 2021 0

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र एफसी लाई साबिक उपबिजेता आर्मीले बराबरीमा रोकेको छ । आज भएको खेलमा मछिन्द्रले त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले गोल गर्न सकेनन् ।

राम्रा अवसरहरुलाई सदुपयोग गर्न नसक्दा दुबै टीम अंक बाँड्न बाध्य भएका हुन् । आजको यो बराबरीसँगै मछिन्द्रले २ खेल बाट ४ अंक जोडेको छ । मछिन्द्रले पहिलो खेलमा एनआरटीलाई दुई एक गोल अन्तरले हराएको थियो।आर्मीको यो लगातार दोस्रो बराबरी हो ।

आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग एक एक गोलको बराबरी खेलेको थियो । आर्मीले २ खेलमा २ अंक जोडेको छ । खेलमा आर्मीका सेसहाङ आङ्देम्बे म्यान अफ दि म्याच घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर