राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त — OSNepal

राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

LC (KTM) November 29, 2021 0

राष्ट्रिय खेलकुद परिषद् राखेपले आज बाट नयाँ सदस्य सचिव पाएको छ । युवा तथा खेलकुद मन्त्रालयले सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई नयाँ सदस्य सचिवको रुपमा नियुक्त गरेको हो। घिसिङ नेपाल रग्वी संघका अध्यक्षसमेत रहेका छन् ।

तीन सदस्यीय छनोट समितिले टंकलाल घिसिङ, अच्युतम लामिछाने र महिलातर्फ ममता श्रेष्ठको नाम सिफारिस गरेको थियो। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा ९३ बमोजिम सदस्य सचिव सिफारिसका लागि सह–सचिव कमल प्रसाद पोखरेल संयोजक तथा कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ सम्मेलित तीन सदस्यीय छनोट समिति गठन गरेका थिए।

समितिले हिजो सदस्य सचिवका लागि आवेदन बुझाएका १८ जनालाई मन्त्रालयमा कार्ययोजना प्रस्तुत गर्न लगाएको थियो । उनीहरुको कार्ययोजना प्रस्तुति पछि तीन जनाको नाम सिफारिस गरिएको थियो । तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवालाई बर्खास्त गरेको मन्त्रालयले मंसिर चार गते सात दिनको म्याद राखेर सदस्य सचिवका लागि दर्खास्त आह्वान गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर