एमाले महाधिबेशन : मध्यरातमा अन्तिम नामावली प्रकाशन , रावलले दिए ओलीलाई चुनावी चुनौती — OSNepal

एमाले महाधिबेशन : मध्यरातमा अन्तिम नामावली प्रकाशन , रावलले दिए ओलीलाई चुनावी चुनौती

LC (KTM) November 29, 2021 0

नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि अन्ततः सर्वसम्मत नहुने भएपछि चुनावमै जानु पर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतको लागि प्रयास गरे पनि भीम रावल र घनश्याम भुसालले नमान्दा चुनाव हुने पक्का भएको हो । अब यसैक्रममा केन्द्रीय निर्वाचन आयोगले मध्यरातमा अन्तिम नामावली प्रकाशित गरेको छ ।

उम्मेद्वारी दर्ता गरेकाको अन्तिम नामावली प्रकाशित भएको हो । अन्तिम नामावलीमा केन्द्रिय सदस्य देखि लिएर अध्यक्ष सम्म नै उम्मेद्धारी परेको छ । अध्यक्षमा केपी शर्मा ओली बिरुद्ध उपाध्यक्ष भीम रावल उभिएका छन् । त्यस्तै उपाध्यक्ष पदमा पनि चुनाव नै हुने भएको छ । उपाध्यक्षमा घनश्याम भुसालको दाबी सहितको अपिल आइसकेको छ ।

सार्वजनिक गरिएको अन्तिम नामावलीमा ६ जना उपाध्यक्षका लागि ७ जनाको प्रतिष्पर्धा छ । जसमा घनश्याम भुसाल थपिएपछि सर्वसम्मत भनिएका मध्ये को चुनावी मैदानबाट बाहिरिने हो भन्ने टुंगो लाग्नेछ । यस्तै सचिवमा ७ जनाको पदका लागि ९ जनाको प्रतिष्पर्धा रहेको छ । खुल्ला सदस्यमा ८४ जना भए पनि १०० जनाको प्रतिष्पर्धा रहेको छ । मतदान राती २ बजेदेखि सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर