सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको अभिनय रेहको चलचित्र ‘मन्त्र’ माघ २८ गते प्रदर्शनमा आउने — OSNepal

सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको अभिनय रेहको चलचित्र ‘मन्त्र’ माघ २८ गते प्रदर्शनमा आउने

LC (KTM) November 30, 2021 0

मनास्लु हिमालको बेस क्यामसम्म पुगेर छायाङ्कन गरिएको फिल्म मन्त्र रिलिज डेट तोकेको छ । निर्देशक खिल बहादुर गुरुङले फिल्म ‘मन्त्र’ माघ २८ गते प्रदर्शनमा आउने बताएका छन् । यस फिल्मको निर्माण पक्षले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको छ । हिमाली भेगमा छायाङ्कन भएको यस फिल्ममा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन लगायतका मुख्य कलाकारको भुमीका रहेको छ ।

हिमाली भेगमा शुटिंग गरिएको यस फिल्म एकदमै अग्र्यानिक र नेपाली माटो सुहाउँदो रहेको निर्देशक गुरुङले बताए मनास्लु क्षेत्रको अलवा फिल्म गोर्खा जिल्लाको चुम नुब्री सामा गाउँ, वीरेन्द्र ताल र पुङ्गिन गुम्बा लगायतका स्थानमा फिल्मको छायाङ्कन भएको निर्माण पक्षले जनाएको छ ।

यस फिल्ममा नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ्ग टि शेर्पाको पनि रहेका छन् । मुख्य भूमिका छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’ मा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठको लगानी रहेको छ भने सञ्जय लामाको छायाङ्कन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर