फिल्म प्रमोसनका लागि गुजरातको अहमदाबाद पुगे अभिनेता सलमान खान — OSNepal

फिल्म प्रमोसनका लागि गुजरातको अहमदाबाद पुगे अभिनेता सलमान खान

LC (KTM) November 30, 2021 0

बलिउड सुपरस्टार सलमान खानको फिल्म अन्तिम द फाइनल ट्रुथ रिलिज भएको छ । यो फिल्म सिनेमाघरमा रिलीज गरे पछि फ्यानहरुमा उत्साह देखिएको छ । तर फिल्मले भने बक्स अफिसमा अहिले सम्म आशा अनुसारको कलेक्सन गर्न सकेको छैन । फिल्ममा सलमान खान संग आयुष शर्मा पनि रहेका छन् । मुख्य अभिनेत्रीको भुमिकामा महिमा मकवाना रहेकी छिन् ।

सलमान फिल्मको रिलिज भन्दा अघि यसको प्रमोसनमा ब्यस्त रहेका छन् । अहिले पनि उनी फिल्म प्रमोसनको सिलसिलामा गुजरातको अहमदाबाद पुगेका छन् । अहमदाबादको गान्धी आश्रमबाट सलमान खानको फोटो बाहिर आएको छ । फोटोमा उनी चर्खा चलाईरहेको देख्न सकिन्छ । सलमानको यो एकदमै दुर्लभ फोटो बाहिर आएको हो ।

आफ्नो देशी अन्दाजका लागि एकदमै महशुर सलमान खान एकदमै चासोका साथ चर्खा चलाईरहेको देख्न सकिन्छ । उनको अनुहारमा एक किसिमको मुस्कान देखिएको छ । सलमान खानको धेरै फोटोहरु सामाजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ । जसमा उनका फ्यानहरुले एकदमै धेरै प्रतिक्रियाहरु दिईरहेका छन् । फिल्मले राम्रो ब्यापार गर्न नसके पछि उनी प्रचारका लागि एकदमै नयाँ नयाँ तरिका अपनाई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर