चीनको कारागारबाट भागेका उत्तर कोरियाली नागरिक ४० दिनपछि पक्राउ — OSNepal

चीनको कारागारबाट भागेका उत्तर कोरियाली नागरिक ४० दिनपछि पक्राउ

LC (KTM) November 30, 2021 0

प्योङयाङ, १४ मंसिर-चीनको एउटा कारागारबाट भागेका एक उत्तर कोरियाली नागरिक पक्राउ परेका छन् । जू श्यान्जिएन नाम गरेका उत्तर कोरियाली नागरिक ४० दिनपछि चीनमा पक्राउ परेका हुन् ।

उनलाई पक्राउ गर्न सूचना दिने व्यक्तिलाई १ लाख ९ हजार डलर पुरस्कार दिइने घोषणा गरिएको थियो ।जू सन् २०१३ मा उत्तर कोरियाबाट भागेर चीन पुगेका थिए । उनलाई चोरी गरेको र गैरकानुनी ढंगले चीन प्रवेश गरेको अभियोगमा चीनकाे एउटा अदालतले दोषी ठहर गरेको थियो ।

उनी १९ अक्टोबरमा जेलको छतमा पुगेर उफ्रेर विद्युतीय बार नाघेका थिए । सुरक्षाकर्मीले पक्राउ गर्न खोजे पनि चालिस दिनदेखि फरार थिए ।उनको खोजी चिनियाँ सामाजिक सञ्जालमा व्यापक चासोको विषय बनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर