मंगलटारका प्रत्येक टोलमा विद्युतीय कुटानी-पिसानी मिल — OSNepal

मंगलटारका प्रत्येक टोलमा विद्युतीय कुटानी-पिसानी मिल

LC (KTM) November 30, 2021 0

खोटाङ, १४ मंसिर – खोटाङको हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका प्रत्येक टोलमा विद्युतीय कुटानी-पिसानी मिल वितरण गरिएको छ । ढिकी जाँतोमा अन्न पिस्दैआएकालाई लक्षित गरी वडा कार्यालयले तीन आर्थिक वर्ष लगाएर प्रत्येक टोलमा धान, मकै, गहुँ, कोदो पिस्ने कुटानीपिसानी मिल वितरण गरेको हो ।

१३ असार २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएपछि थालिएको विद्युतीय कुटानीपिसानी मिल वितरण अभियान पूरा भएको वडाध्यक्ष रमेश राउतले बताए । महिलाको सुविधाका लागि वडा कार्यालयले विभिन्न टोलमा १९ वटा कुटानी पिसानी मिल उपलव्ध गराएको छ ।

ढिकी जाँतो विस्थापनका लागि वडा कार्यालयले विनियोजन सोमबार घुर्चु, डाँडागाउँ, गैरीटोल, बरबोट, करमबोट र राउत टोलका आमा समूहलाई ६ वटा कुटानी पिसानी मिल वितरण गरेकाे छ । आमा समूहलाई प्रति समूह ४९ हजार पर्ने विद्युतीय कुटानी पिसानी मिल प्रदान गरिएको वडाध्यक्ष राउतले बताए ।

वडा कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा चार वटा, आर्थिक वर्ष २०७५/०७६ मा नाै वटा र चालु आर्थिक वर्ष ६ वटा मिल बाँडेकाे हो । ढिकीजाँतोमा अन्न पिस्न समय लाग्ने र श्रम पनि बढी खर्च हुने भएकाले मिल वितरण गरिएको हो । टोलका एक स्थानीयमार्फत मिल सञ्चालनको व्यवस्था मिलाइएको छ ।

एउटा मिलले टोलका १५/२० घर स्थानीय लाभान्वित भएका छन् । नगरपालिकाबाट बजेट व्यवस्था गर्न सकिए महिला समूहलाई थप कुटानी पिसानी मिल उपलव्ध गराइने वडाध्यक्ष राउतले बताए ।

क्याप्सन : आमा समूहलाई कुटानी-पिसानी मिल हस्तान्तरण गर्दै वडाध्यक्ष रमेश राउत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर