कपडा पसल बेचेर बाख्रा पालन सुरु गरे ताप्लेजुङका डिल्लीले — OSNepal

कपडा पसल बेचेर बाख्रा पालन सुरु गरे ताप्लेजुङका डिल्लीले

LC (KTM) November 30, 2021 0

कपडा पसल बेचेर ताप्लेजुङको फुङ्लिङ नगरपालिका९७ स्थित मुक्कुमलुङ मोल्टी कृषी फार्म स्थापना गरी बाख्रापालन र खेतीमा रमाउँदै स्थानीय किसान डिल्ली थेबे ।

एमाले महाधिवेशन : उम्मेदवारको सूची बाँडिएकामा नेता रावलको आपत्ति-चितवनको सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको सूची बाँडिएको प्रति एमाले नेता डा भीम रावलले आपत्ति जनाउनुभएको छ ।

आज बिहान ४ बजेदेखि मतदान सुरु भएपछि रावलइतरको समूहले उम्मेदवारको सूची प्रकाशन गरेर प्रतिनिधिलाई बाँडेको थियो । मतदान सुरु भएपछि उम्मेदवारको सूची प्रकाशन गर्नु र प्रतिनिधिलाई वितरण आचारसंहिताविपरीत भएको भन्दै रावलले आपत्ति जनाउनुभएको हो । उहाँले भन्नुभयो, “मतदान इलाकामा पार्टी निर्वाचन आचारसंहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु ।”

निर्वाचन आचारसंहिताविपरीतको कामले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर बनाउने रावलको भनाइ छ । निर्वाचन आचारसंहिताविपरीतको गतिविधि रोक्नका लागि रावलले निर्वाचन आयोग र सुरक्षाकर्मीसँग आग्रह गर्नुभएको छ । रावलइतर पक्षले पदाधिकारीसहित केन्द्रीय सदस्यका उम्मेदवरको सूची प्रकाशन गर्दै ओली पक्ष बाहेककालाई मतदान गर्न सङ्केत प्रयोग गरेर वितरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर