पोखराबाट बागलुङ जाँदै गरेको बस पल्टियो — OSNepal

पोखराबाट बागलुङ जाँदै गरेको बस पल्टियो

LC (KTM) November 30, 2021 0

कास्की १४ मंसिर । पोखराबाट बागलुङ जाँदै गरेको लु १ ख ७७६६ नम्बरको बस आज मंगलबार बिहान अन्नपूर्ण गाउँपालिकाको वडा नं. ३ पाउदुरमा दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

सडकबाट अन्दाजी ३० मिटर तल खसी दुर्घटना हुँदा आठ जना गम्भिर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि पोखरास्थित फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा लगिएको छ ।

ज्यान गुमाउने चालक भने पाल्पाको चित्रुङधारा घर भएका भुपेन्द्र खनाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर