कोटेश्वरस्थित ईश्वर कार्कीको घरबाट पाँच जना जुवाडे नगद ६ लाख ५८ हजार रुपैंयासहित पक्राउ — OSNepal

कोटेश्वरस्थित ईश्वर कार्कीको घरबाट पाँच जना जुवाडे नगद ६ लाख ५८ हजार रुपैंयासहित पक्राउ

LC (KTM) November 30, 2021 0

काठमाडौं १४ मंसिर । तास खेलिरहेको अवस्थामा प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं प्रहरी परिसर कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मोटो रकम सहित निजहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घरधनी ईश्वर कार्की, पेप्सीकोलाका नवराज थपलिया, काभ्रेका दीपक तामाङ, दीपक तिम्सिना र रामेछापका सागर केसीरहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले २० बुक ताससहित ६ लाख ५८ हजार तीन सय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका सबैलाई जुवा ऐन अनुसार कानूनी प्रक्रिया अघि बढ्ने प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर