कारमा सवार ३० वर्षीय छिरिङ रक्तचन्दनको तेल सहित काठमाडौंको महाँकालबाट पक्राउ — OSNepal

कारमा सवार ३० वर्षीय छिरिङ रक्तचन्दनको तेल सहित काठमाडौंको महाँकालबाट पक्राउ

LC (KTM) November 30, 2021 0

काठमाडौं १४ मंसिर । रक्तचन्दनको तेल सहित प्रहरी एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–६ हिम्दी घर भएका ३० वर्षीय छिरिङ शेर्पा रहेका छन् ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले टोलीले बा.७ च ४११० नम्बरको कारलाई चेक जाँच गर्ने क्रममा उक्त तेलसहित पक्राउ गरेको हो ।

काठमाडौंको महाँकालबाट पक्राउ परेका उनको साथबाट प्रहरीले ४ लिटर रक्तचन्दनको तेल बरामद गरेको छ ।

पकाउ परेको निज उपर महानगरीय प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर