५० वर्षमा शून्यबाट विश्वकै वित्तिय गन्तव्य बनेको दुबइ — OSNepal

५० वर्षमा शून्यबाट विश्वकै वित्तिय गन्तव्य बनेको दुबइ

LC (KTM) November 30, 2021 0

अबुधाबी, १४ मंसिर -युनाईटेड अरब इमिरेट्सको स्थापना दिवशको अवसरमा ५० वर्षअघि सडकमा परेड चलिरहँदा इहाब फौद किशोर अवस्थामा थिए । ६४ वर्षीय फौद अहिले रिटायर्ड इन्जिनियर हुन् । सन् १९७१ को २ डिसेम्बरको भव्य कार्यक्रमलाइ उनी अहिले पनि स्मरण गर्छन् । उनले दुबइका संस्थापक शेख जायद बिन सुल्तानको फोटो बोकेर सहरका विभिन्न सडकमा मार्च गरेका थिए ।

अबुधाबी परेडपछिका घटनाहरुको स्मरण गर्दा उनका आँखाबाट अहिले आँशु झर्छ । ‘५० वर्षपछि मैले विशेष महशुस गरिरहेको छु,’ उनी अगाडि भन्छन्, ‘त्यो परेड म र मेरो देशका लागि नै महत्त्वपू‌र्ण यात्रा थियो । ’

दुबइको कूल एक करोड जनसंख्यामध्ये ९० प्रतिशत विदेशी छन् । दुबइ स्थापना हुँदा यहाँको जनसं‍ख्या जम्मा तीन लाख थियो । अधिका‍ंश घरहरु माटो र इट्टाले बनेका थिए । तर, अहिले भने दुबई आर्थिक र राजनीतिक रुपमा मध्येपूर्वकै शक्तिशाली देश साबित भएको छ ।

मोतीको सहरसमेत भनिने दुबई अहिले विश्व बजार र वित्तिय गतिविधिको मुख्य केन्द्र हो। विश्वका ठूला ठूला गगनचुम्बी महलको घर दुबई अहिले विश्वकै मुख्य गन्तब्य बनेको छ ।

‘बर्षैंअघि मानिसहरुले खजुरको हाँगा माटो र ईटाबाट घर बनाउथे । तर, ती सबै अहिले एकादेशको कथा बनेको छ,’ फउद भन्छन् ।

‘तत्कालिन शेख जयेदले अरब राष्ट्रबादमा विश्वास गर्थे । दुबई महासंघ बनाउन उनले सात ‍अ‍ोटा इमिरेट्सलाई एकजुट बनाएका थिए’, इन्टरनेसनल क्राइसिस ग्रुपका थिंक ट्यांक इलहाम फाकहरो भन्छन् । विश्वमा उत्पादित कच्चा पदार्थमध्ये अधिकांश कच्चा पदार्थ अहिले पनि दुबइमा उत्पादन हुन्छ ।

सन् १९७० देखि तेल र ग्यासका कारण दुबइको तीव्र अ‌ार्थिक बृद्धि भइरहेको छ । दुबईको तेलको स्रोतका कारण राजधानी अबुधाबी वित्तीय यातायात पर्यटक र सञ्चारमाध्यमहरुका लागि मुख्य गन्तव्य बनेको छ ।

सन् २०११ को अरब क्रान्तिपछि दुबइले अ‍ाफ्नो विदेश नीति परिमार्जन गरेको छ । उसले मध्येपूर्व र अफ्रिकामा भइरहेका युद्धको मध्यथता गरिरहेको छ । द्धन्द्धका कारण अरब मुलुकबाट भागेर अधिकांश मानिस यहाँ शरण लिइरहेका छन् ।

‘छिमेकी मुलुकहरुमा भइरहेका जोखिमको दुबइले नजिकबाट मुल्या‌ंकन गरिरहेको छ,’ फाकहरो भन्छन् । स्वतन्त्रपछि दुबइ सापेक्षरुपमा तटस्थ थियो । तर, अरब क्रान्तिपछि उसले सक्रीय विदेश नीति अं‍गिकार गरेको छ । दुबइ मुस्लिम राजनीतिको प्रखर विरोधी हो । दशकौं लामो अरब राष्ट्रहरुसँग गरेको सहमतिलाइ उल्लंघन गर्दै गत वर्ष उसले इजरायललाइ मान्यता दिने एतिहासिक नि‌‌र्णय गरेको थियो ।

‘क्षेत्रीय तथा अन्तराष्ट्रिय खेलाडीको रुपमा दुबै यस क्षेत्रमा आवश्यकताअनुसार अझै बढी जबाफदेही हुन अ‌ावश्यक छ’, राष्ट्रपतिका सल्लाहकार अनवर गारगस भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर