कमल थापालई लिङदेनको जवाफ : पुस्ता र उमेरको कुरा गरेर मात्रै अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेको होइन — OSNepal

कमल थापालई लिङदेनको जवाफ : पुस्ता र उमेरको कुरा गरेर मात्रै अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेको होइन

LC (KTM) November 30, 2021 0

काठमाडौं १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी महाधिवशेनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनले देश बचाउने र राप्रपालाई एक नम्बरको पार्टी बनाउने अभियानको रुपमा आफुल उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता लिङदेनले आफ्नो कारणले कसैले अपमानित हुनु नपर्ने भन्दै पुस्ता र उमेरको कुरा गरेर मात्रै अध्यक्षको उम्मेदवार बन्ने घोषणा नगरेको बताएका छन् ।

‘मैले उम्मेदवारी घोषणा गर्दैमा कसैले अपमानित हुनु पर्दैन । म बन्नुमा उहाँको (कमल थापा)को पनि लगानी छ ’ उनले भने । सोमबार अर्का अध्यक्ष कमल थापाले लिङदेनलाई अझै चार वर्ष पर्खिन आग्रह गरेका थिए ।

‘राप्रपालाई बचाउन राप्रपाभन्दा बाहिरको मान्छे ल्याउनुपर्छ । सम्पूर्ण कार्यकर्ताको कुरा सुन्नुस्, यहाँभन्दा बाहिरको कुरा सुन्नुस् ।’ राप्रपाभित्रको कुरामात्रै सुन्दा तीन प्रतिशतमा खुम्चिनुपरेको कुरालाई स्मरण गर्न उनले आग्रह गरे ‘ उक्त कार्यक्रममा उनले भने ।

यदि पार्टीको नतृत्व परिवर्तन भएन भने अन्य दलको दलाली गरेर दुई-चारवटा मन्त्री पद पाउने पार्टीमात्रै हुने उनको तर्क रहेको छ । ‘मेरो कल्पनाको, सपनाको पार्टी त्यो होइन । राप्रपालाई अग्रजहरुकै सल्लाहमा, उपस्थितिमा एक नम्बर पार्टी बनाउने अभियान हो ।’ उनले अघि थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर