एमालेको मतगणना सुरु, दुई घण्टामा नतिजा आउने — OSNepal

एमालेको मतगणना सुरु, दुई घण्टामा नतिजा आउने

LC (KTM) November 30, 2021 0

काठमाडौँ १४ मंसिर । नेकपा एमालेको सौराहमा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनको लागि भएको मतदानको मतगणा केहि बेर अगाडी सुरु भएको छ ।

अहिले दिउँसो १ बजेबाट मतगणना गन्न सुरु भएको हो । केहि बेर अगाडी मात्र मुचुल्काको काम सकिएकाले बिहान साढे १० बजे सकिएको मतदान अहिले गन्न सुरु भएको हो ।

७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएकोमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए । महाधिवेशनअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो ।

निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले अब दुई घण्टा भित्र नतिजा आउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर