...४६ पछि मूल्य, मान्यताको राजनीतिलाई महत्त्व नदिइ पार्टीमा शक्तिकेन्द्रीत राजनीति जोड दिइयो : प्रकाशमान सिंह — OSNepal

…४६ पछि मूल्य, मान्यताको राजनीतिलाई महत्त्व नदिइ पार्टीमा शक्तिकेन्द्रीत राजनीति जोड दिइयो : प्रकाशमान सिंह

LC (KTM) November 30, 2021 0

काठमाडौं १४ मंसिर नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तल्लो तहदेखि केन्द्रसम्म पार्टीको विधान अनुसार पार्टी चल्नुपर्ने बताएका छन् । मंगलबार आयोजित एक लोकार्पण समारोहमा नेता सिंहले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पार्टीमा आदर्शको राजनीति नहुँदा पार्टी भित्र कमीकमजोरी देखा पर्न थालेको बताएका उनले पार्टीमा शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको समेत बताएका छन् ।

‘१७ सालदेखि ४६ सालको अवधिसम्म काँग्रेस मूल्य र मान्यताको राजनीतिमा आधारित थियो । ४६ पछि मूल्य, मान्यताको राजनीतिलाई महत्त्व नदिइ, आदर्शको राजनीतिलाई महत्त्व नदिइ शक्तिकेन्द्रीत राजनीतिमा जोड दिइएको आरोप लगाएका हुन् ।

पार्टी विधिसम्मत, नियमसम्म र संस्थागत रुपमा चल्नुपर्ने उनको तर्क रहेको छ । ‘प्रजातान्त्रिक पार्टी, आन्तरिक डेमोक्रयाटिक एक्सरसाइज त हुनुपर्‍यो । तल्लो तहदेखि ,केन्द्रसम्म पार्टीको विधान अनुसार पार्टी चल्नुपर्‍यो ‘ उनले भने ।

प्रजातान्त्रिक प्रणालीको रक्षाको निम्ति काँग्रेसलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर