कांग्रेस महाधिवेशन : यी हुन् अछाम-१ बाट विजयी महाधिवेशन प्रतिनिधि — OSNepal

कांग्रेस महाधिवेशन : यी हुन् अछाम-१ बाट विजयी महाधिवेशन प्रतिनिधि

LC (KTM) November 30, 2021 0

अछाम, १४ मंसिर – नेपाली कांग्रेसकाे १४औँ महाधिवेशन अन्तर्गत साेमबार अछाम क्षेत्र नम्बर १ मा भएकाे मतदानको परिणाम सार्वजनिक भएको छ । महाधिवेशन प्रतिनिधिको खुलातर्फ सबैभन्दा बढी मत ल्याएर वर्तमान पार्टी सभापति भरतकुमार स्वाँर विजयी भएका छन् । उनले ४६१ मत प्राप्त गरेका छन् ।

दोस्राेमा नेवि संघ अछामका अध्यक्ष युवा नेता नृपबहादुर साउद ४५३ मत ल्याएर विजयी भएका छन् । उनले पूर्व मन्त्री गोविन्दबहादुर शाहलाई पछि पारेका हुन् ।तेस्राे स्थानमा भने पूर्व मन्त्री शाह छन् । उनले ४३० मत प्राप्त गरेका छन् । पूर्व पार्टी सभापति मेघराज खड्काले चौथो नम्बरमा ४२८, पाचौँमा राजन कुवँरले ४१६, टिकाराम खनाल ३८८, भक्त ठकुल्ला ३६०, कृष्ण कुवँर ३४१, राजेन्द्रबहादुर शाह, ३३८ र राजेन्द्र कुवँरले ३०० मत प्राप्त गरेर विजयी भएका छन् ।

यस्तै, महिला खुल्लातर्फ सबैभन्दा बढी अनुराधा स्वाँरले ४६८, दोस्राेमा भुवनेश्वरी शर्मा ४२९, तेस्राेमा माया कुवँर ३७३ र चौथोमा लक्ष्मी शाहले ३४६ मत प्राप्त गरेर विजयी भएका छन् ।खस आर्यतर्फ पुरुषमा सबैभन्दा बढी ४ सय ९ मत ल्याएर तपेन्द्र खड्का बिजयी भए । यस्तै, दोस्राेमा जयन्द्र बहादुर स्वाँर ३६४, तेस्राेमा पूर्व आईजिपी मोतिलाल बोहरा ३४१ र चौथोमा हर्षप्रसाद भट्ट १७९ मत ल्याएर विजयी भएका छन् । यस्तै, खस आर्य महिलातर्फ सबैभन्दा बढी ४१८ मत ल्याएर अप्सरा कुवँर विजयी भइन् भने दोस्राेमा भगवती खनाल ४०९ मत र तेश्रोमा मीरादेवी खड्का २९० मत ल्याएर विजयी भएका छन् ।

यस्तै, दलिततर्फ खुलामा सबैभन्दा बढी ४५४ मत ल्याएर अर्जुन ताम्राकार विजयी भए भने दोस्राेमा डम्बरबहादुर सुनार ३५३ मत ल्याएर विजयी भएका छन् । दलित महिलातर्फ रुपा आउजी ४१५ मत ल्याएर विजयी भएका छन् । ६ मंसिरमा भएको निर्वाचनमा खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि १३ मंसिरमा पुन: मतदान भएको हाे । जम्मा ७६४ मतदाता मध्ये ७१४ मत खसेको थियो । क्षेत्रीय कार्य समितिको मतगणना भइरहेको निर्वाचन समितिका झनकराज जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर