एमाले महाधिवेशन : मतगणना सुरु, ४०० गन्दा रावललाई ४२ मत — OSNepal

एमाले महाधिवेशन : मतगणना सुरु, ४०० गन्दा रावललाई ४२ मत

LC (KTM) November 30, 2021 0

चितवन, १४ मंसिर । नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ। पछिल्लो मत परिणाम अनुसार कुल ४०० मत गन्दा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको ३५८ मत र प्रतिद्धन्द्धी भीम रावलले ४२ मत पाएका छन् ।

यो पनि : एमाले महाधिवेशनः निर्वाचित केन्द्रीय कमिटीकाे बैठक सौराहमा : नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ ।

नयाँ नेतृत्वका लागि मतगणना कार्य जारी छ । एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार मतपरिणाम सार्वजनिक भएगत्तै सपथग्रहण र केन्द्रीय कमिटी बैठक बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर