शंकास्पद रुपमा हिँडिरहेका २६ वर्षीय रविन प्रहरी नियन्त्रणमा — OSNepal

शंकास्पद रुपमा हिँडिरहेका २६ वर्षीय रविन प्रहरी नियन्त्रणमा

LC (KTM) November 30, 2021 0
nepal police

मकवानपुर १४ मंसिर । नियन्त्रित लागुऔषध सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, हेटौडा उपमहानगरपालिका(१४ कालापानी बस्ने २६ वर्षीय रविन तामाङ रहेका छन् ।

उनको साथबाट प्रहरीले ४९ ट्याब्लेट नाईट्राभेट, ३ सय ६० क्याप्सुल ट्रामा, ३५ ट्याबलेट स्टेगन, ६ ट्याबलेट स्पासपेन र नगद ४६ हजार २ सय ५० रुपैयाँ समेत बरामत गरेको छ ।

शंकास्पद रुपमा हिँडिरहेको उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चेक जाँच गर्दा उक्त लागु औधष सहित पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर