विध्युत सर्ट हुँदा सिन्धुलीमा भीषण आगलागी — OSNepal

विध्युत सर्ट हुँदा सिन्धुलीमा भीषण आगलागी

LC (KTM) November 30, 2021 0

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटा मंगलबार भीषण आगलागी भएको छ। आगलागीबाट करिब ५ करोड बढीको क्षति भएको बताइएको छ।

रातमाटा घुम्तिमा रहेको शाह आइरन एण्ड इलेक्ट्रोनिक हार्डवेयर पसलमा आगलागी भएको थियो । आगो दमकल, नेपाली सेना, प्रहरी र स्थानीयको सामूहिक प्रयासपछि करिब ४ घण्टापछि नियन्त्रण आएको छ।

आगलागी बिहान ९ बजेबाट हार्डवेयरको गोदामबाट सुरु भएको थियो । गोदाममा विध्युत सर्ट हुँदा आगलागी भएको हुन सक्ने बताइएको छ । आगलागी भएसङ्गै घटनास्थलमा मानिसको बाक्लो उपस्थिति भएपछि विपी राजमार्ग चार घण्टा अवरुद्ध भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर