जब मदनबहादुरले स्टेजबाट आफ्नो कुर्सी हटाउन लगाए — OSNepal

जब मदनबहादुरले स्टेजबाट आफ्नो कुर्सी हटाउन लगाए

LC (KTM) November 30, 2021 0

ललितपुर, १४ मंसिर -ललितपुरको नखिपोटमा कार्यक्रम चलिरहेको थियो । ललितपुरका कांग्रेस सभापति मदनबहादुर अमात्यले कार्यालयको स्ट्याम्प र खाता नवनियुक्त सभापति जितेन्द्र कुमार श्रेष्ठलाई बुझाए लगत्तै भने, ‘मेरो कुर्सी स्टेजबाट हटाउनुस् ।’

लगत्तै उद्घोषकले पूर्वसभापति मदन बहादुर अमात्यलाई बोल्न आग्रह गर्दै स्टेजमा बोलाए । कार्यक्रममा बोल्दै उनले भने, ‘म आजबाट पूर्वसभापति भए । त्यसैले स्टेजबाट कुर्सी हटाउन आग्रह गरेको हुँ ।’मदन बहादुरले आफू इमानदार भएर जिल्लाको निर्वाचन पुरा गरेको बताए । उनले भने,‘मैले निर्वाचनमा कसैलाई छोएको पनि छैन । तर हात हालेको आरोप लगाए ।’

बोले लगत्तै निवर्तमान अध्यक्ष अमात्य कार्यक्रमबाट निस्किए । कार्यक्रममा जिल्लाको निर्वाचनमा प्रतिस्पर्धा मीनकृष्ण महर्जन र रामकृष्ण चित्रकारलगायत पराजित उम्मेदवार सहभागी नहुँदा निर्वाचनमा भएको प्रतिस्पर्धाको तीतोपना अझै कायम रहेको बुझ्न सकिन्थ्यो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित सभापति श्रेष्ठले आफू कुनै कार्यकारी पदमा बसेर काम नगर्ने घोषणा गर्दै भने, ‘म कुनै पनि निर्वाचनमा भाग लिन्न । वडा पालिका र क्षेत्रबाट आएको सिफारिसको आधारमा निर्वाचनमा लड्ने उम्मेदवार छान्छु । सबैको सल्लाहमा वार्षिक क्यालेन्डर बनाउँछु ।’कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरणसँगै शपथ ग्रहणसमेत गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर