आफुलाई क्यान्सर भएको थाहा भएपछि यि महिलाले सुरु गरिन् आफ्नै पिसाब पिउन — OSNepal

आफुलाई क्यान्सर भएको थाहा भएपछि यि महिलाले सुरु गरिन् आफ्नै पिसाब पिउन

LC (KTM) December 01, 2021 0

काठमाडौं । दिनमा पाँच गिलास आफ्नै पिसाब पिएर अहिले कोलोराडोकी ५३ वर्षकी क्यारी नामकी महिला संसारभर भाइरल बनेकी छिन् । ति महिलाले अहिलेसम्म ३,४०६ लिटर पिसाब पिइसकेको दाबी गरेकी छिन् । पछिल्लो चार वर्षदेखि उनले आफ्नो पिसाब पिउने र आँखा–नाक–कानमा समेत हाल्ने काम गरिरहेकी छिन् । टीएलसीको ‘माई स्ट्रेन्ज एक्डिक्सन’ मा महिलाले उनलाई मनतातो पिसाब पिउन मन पर्ने बताइन् र यसले उनलाई शान्ति प्रदान गर्ने बताएकी छिन् ।

चार वर्षअघि आफूलाई मेलानोमा क्यान्सर भएको थाहा भएपछि केमोथेरापी गर्नुको साटो पिसाब पिउन सुरु गरेको उनले विभिन्न अन्त्रवार्तामा बताउँदै आएकी छिन् । क्इारीले आफ्नो हेरविचारका लागि विभिन्न तरिकाको उपयोग गर्ने क्रममा प्रशस्त पानी पिउने र पिसाब पिउने बानीलाई नियमित गराइन् । ‘म टुथपेस्टको साटो पनि दाँत माझ्नका लागि आफ्नै पिसाबको प्रयोग गर्दै आएकी यि महिलाले यसलाई कपालको जरामा पनि लगाउँछिन् ।

नुहाउने बेला उनको बासी पिसाबले एक उत्कृष्ट लोसनको रुपमा काम गर्ने क्यारीको दाबी छ । क्यारीको यो आदतपछि उनकी छोरीले अस्पताल लगिन् । डाक्टरले उनलाई तुरुन्त बायोप्सी गराउन सुझाए पनि क्इारीले भने पारम्परिक चिकित्सा पद्धतिलाई त्याग्न अस्वीकार गरेको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर