मुक्तिनाथ विकास बैंकको बाेनस सेयरकाे मूल्य समायोजन — OSNepal

मुक्तिनाथ विकास बैंकको बाेनस सेयरकाे मूल्य समायोजन

LC (KTM) December 01, 2021 0

काठमाडौं, १५ मंसिर-नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंकको बोनस सेयरकाे मूल्य समायोजन गरेको छ । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ५७१ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको १७ दशमलव ५७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

बैंकले साधारणसभा प्रयोजनार्थ आज बुक क्लोज गरेको छ ।मुक्तिनाथले २५ मंसिरमा साधारणसभा आह्वान गरेको छ । सभामा गत वर्षको नाफाबाट बैंकले प्रस्ताव गरेको १७.५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर