महाधिवेशन सुरु भएपछि किन यसो भने अध्यक्ष जबराले - कताकता २ वर्षअघि भएको एकता खतरामा पर्छ कि भन्ने चिन्ता लागेको छ — OSNepal

महाधिवेशन सुरु भएपछि किन यसो भने अध्यक्ष जबराले – कताकता २ वर्षअघि भएको एकता खतरामा पर्छ कि भन्ने चिन्ता लागेको छ

LC (KTM) December 01, 2021 0

काठमाडौं १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शम्शेर जबराले २ वर्षअघि भएको एकता खतरामा पर्छ कि भन्ने चिन्ता लागेको बताएका छन् ।

पार्टीको एकता महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष जबराले आफुलाई नेता कार्यकर्ताले उम्मेदवारी दिन आग्रह गरेको र आफुलाई जिताउने तयारी समेत भएको भन्दै एकता खतरामा पर्छ कि भन्ने डरले अध्यक्षको उम्मेदवार नदिएको बताएका छन् ।

यदि पार्टी खतरामा परे आफु अध्यक्ष भएपनि केहि नहुने बताएका उनले नेतृत्व चयनको लागि सहमति गर्न समेत आग्रह गरेका छन् । यस पटक अध्यक्षमा कमल थापा र अर्का युवा नेता राजेन्द्र लिङदेनको उम्मेदवारी रहेको छ ।

जसले गर्दा अध्यक्ष पदमा सहमति हुन सकेन भनेपनि चुनावी परिणामलाई सहर्ज स्वीकार गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर