प्रधानन्यायाधीशको विषय अन्तराष्ट्रिय भइसक्यो, यस विषयमा अब नेपालले के गर्छ भन्ने कुरा पुरै दुनियाँले हेरिरहेको छ: प्रचण्ड — OSNepal

प्रधानन्यायाधीशको विषय अन्तराष्ट्रिय भइसक्यो, यस विषयमा अब नेपालले के गर्छ भन्ने कुरा पुरै दुनियाँले हेरिरहेको छ: प्रचण्ड

LC (KTM) December 01, 2021 0

काठमाडौं १५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विषयमा लिएर भएको विवाद गम्भिर भएको बताएका छन् ।

बुधबार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरूसहित कानुन व्यवसायीहरूको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘स्थिती गम्भीर भएको छ । यो न्यायपालिकाको मात्रै कुरा होइन, यो समग्र हाम्रो राज्यप्रणालीसँग सम्बिन्धत कुरा हो’ प्रचण्डले भने ।

यो विषयमा अब देश भित्रको मात्र नभई अन्तराष्ट्रिय विषय भइसकेको बताएका उनले अघि भनेका छन्, ‘यो पटक यसलाई हामीले सम्बोधन गर्न सकियो भने न्यायपालिकामा त एउटा गुणात्मक सुधारको प्रक्रिया यही बिन्दुबाट सुरु हुनसक्छ ।’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बुधबार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरूसहित कानुन व्यवसायीहरूको ज्ञापनपत्र बुझ्दै दाहालले सर्वोच्च अदालतमा जारी विवादले गम्भीर रुप लिएको बताएका हुन् ।

अब नेपालले के गर्छ भन्ने कुरा पुरै दुनियाँले हेरिरहेको उनले बताएका छन् । आफुले यस विषयमा यूएन मिसनसँग कुरा गरिरहेको समेत जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर