रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन — OSNepal

रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन

LC (KTM) December 01, 2021 0

काठमाडौं, १५ मंसिर – दशरथ रंगशालामा ‘युथ एथ्लेटिक्स च्याम्पियनसिप–२०२१’ हुने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मंसिर २० गतेका लागि तय दुई खेलको तालिका परिवर्तन गरेको छ ।

एन्फाले बुधबार विज्ञप्ति जारी गर्दै २० मंसिर दशरथ रंगशालमा लागि तय खेल अन्य कार्यक्रम भएकाले मैदान उपलब्ध नहुने हुँदा समय परिवर्तन गरेको जनाएको छ ।

२० गते १ बजे हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस तथा साँझ पौने ५ बजे हुने खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लब भिड्ने तालिका थियो ।

अब, दुवै खेल निर्धारित समय अनुसार नै दशरथ रंगशालामा २२ मंसिरमा आयोजना हुनेछ । ‘रंगशालामा सोही दिन एथ्लेटिक्सको खेल हुने कार्यक्रम रहेको छ । त्यसै कारणले लिग तालिका परिवर्तन गरेका हौं,’ एन्फा महासचिव इन्द्रमान तुलाधरले न्युज कारखानासँग भने ।

उनले सो दुवै खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा गर्न नमिल्ने भएकै कारण समेत लिग तालिका परिवर्तन गर्नु परेको बताए । एन्फाले मंगलबार तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरेको थियो ।

शुक्रबारबाट सुरु हुने तेस्रो चरणको पहिलो खेलमा फ्रेन्डस क्लब र थ्री स्टार क्लब तथा दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपिएफबीच प्रतिस्पर्धा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर