कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप : कन्काई र भद्रपुर अन्तिम चारमा — OSNepal

कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप : कन्काई र भद्रपुर अन्तिम चारमा

LC (KTM) December 01, 2021 0

कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपमा आज सम्पन्न खेलमा कन्काई नगरपालिका र भद्रपुर नगरपालिका बिजयी भएका छन् । आज भएको खेल संगै अन्तिम चारको पनि टुंगो लागेको छ । कन्काई नगरपालिका, बाह्रदशी गाउँपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकाले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

आज भएको पहिलो खेलमा कन्काई नगरपालिकाले शिवसताक्षी नगरपालिकालाई दुई शुन्यको सोझो को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । त्यस्तै आज भएको दोस्रो खेलमा भद्रपुर नगरपालिकाले गौरादह नगरपालिकालाई दुई शुन्यको सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा आफुलाई सुरक्षित गरेको छ ।

भोलिको सेमिफाइनल खेलमा बाह्रदशी नगरपालिका र कन्काई नगरपालिका भिड्दा दोस्रो खेल भद्रपुर नगरपालिले झापा गाउँपालिकाको सामना गर्ने आयोजक समितिले जनाएको छ । दुबै खेलबाट विजेता टोलीले फाइनलको यात्रा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर