फुटबलको लाइभ गरिरहेकी महिला पत्रकारको नितम्बमा एक समर्थकले हानेपछि — OSNepal

फुटबलको लाइभ गरिरहेकी महिला पत्रकारको नितम्बमा एक समर्थकले हानेपछि

LC (KTM) December 01, 2021 0

खेल मैदानमा अनेक प्रकारका घटना घटेको त सबैलाई थाहा नै छ । कहिले खेल भईरहेको बेला समर्थकको खेल मैदानमा प्रबेश त कहिले खेल मैदानमा खेलाडी र समर्थक बीचको रोमान्स । यी अब नौलो कुरा रहेनन् । तर इटालीमा हालै एक अचम्मको घटना घटेको छ ।

इटालीका एक फुटबल समर्थकले गरेको अनौठो हर्कतका कारण उनलाई खेलकुद इभेन्ट्समा तीन वर्षको प्रतिबन्ध लागेको छ । टेलिभिजनमा लाईभ दौरान महिला पत्रकारको नितम्बमा हिर्काएको कारण ति समर्थकलाई इटालीको प्रहरीले एक समर्थकलाई तीन वर्षको प्रतिबन्ध लगाएको हो ।

ती व्यक्तिले टेलिभिजनमा फुटबलको लाईभ गरिरहेको बेला महिला पत्रकार ग्रेटा बेकाग्लियाको नितम्बमा हातले हानेका थिए । इटालियन सिरी ए अन्तर्गत इम्पोलीले फियोरेन्टिनालाई दुई एकले हराएको खेलमा उक्त घटना भएको हो । घटनापछि टोस्काना टेलिभिजनमा कार्यरत बेकाग्लियाले दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी गरेकी थिईन् । ति समर्थकले किन त्यसरी हिर्काए भन्ने बारे बोलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर