माओबादीले नै देशमा बिकाशको लहर ल्याएको मुख्यमन्त्री त्रिलोचन भट्टको दाबी — OSNepal

माओबादीले नै देशमा बिकाशको लहर ल्याएको मुख्यमन्त्री त्रिलोचन भट्टको दाबी

LC (KTM) December 01, 2021 0

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट अछाम पुगेर अछाममा रहेका बिकासमा अधुरा काम पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले अछामको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । माओवादी केन्द्र मेल्लेख गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै भट्टले अछाम जिल्लाको विकास निर्माण कार्यलाई प्रमुख प्राथमिकता दिएको पनि बताए ।

त्यस्तै उनले साँफेबगरदेखि मेल्लेख जोड्ने सडकलाई अघि बढाउने आश्वासन दिएका छन् । उनले अछाममा बिकाशको मुल फुटाउजे समेत बताए । नेकपा माओबादी केन्द्रले नै देशमा बिकाशको लहर ल्याएको भन्दै यसको श्रेय माओवादी केन्द्रले गरेको, दश बर्से जनयुद्धलाई जाने बताए । घरको नजिकै जनताले सरकार पाएको बताउँदै समग्र यसको देन माओबादीलाई नै जाने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर