यस्तो महत्वपूर्ण काम लिएर नेपाल आउँदै भारतिय कलाकार शाहिद कपुर — OSNepal

यस्तो महत्वपूर्ण काम लिएर नेपाल आउँदै भारतिय कलाकार शाहिद कपुर

LC (KTM) December 02, 2021 0

पछिल्लो समय बलिउडका कलाकार तथा फिल्म निर्माण युनिट नेपाल आउने क्रम जारी रहेको छ । कलिउडले नदेखेको लोकेसन बलिउडले नेपालमा देखे पछि नेपालमा छायाँकनको लागि आउने क्रम बढेको छ । निर्देशकद्वय कृष्णदशारा कोथापाली र राज निदिमोरुको निर्देशनमा रहेको वेब सिरिजको लागि भारतका चर्चित कलाकार नेपाल आउन लागेका हुन् ।

यसरी वेब सिरिज शुटिंगका लागि आउने चर्चित भारतीय कलाकारहरुमा शाहिद कपुर, विजय सेतुपति, केके मेनन र राशी खन्ना लगायत रहेका छन् । वेब सिरिज काठमाडौंमा छायांकन हुने बताइएको छ । वेब सिरिज फेक को छायांकनका लागि उक्त टोली काठमाडौं आउन लागेका हुन्। वेब सिरिजको छायांकन काम यही हप्ता सुरु हुने बताइएको छ । नेपालमा यो वेब सिरिज छायांकनको व्यवस्थापन थ्री ह्विलर्सले गर्ने भएको छ ।

थ्री ह्विलर्सका निर्देशक पुष्पराज न्यौपानेले डिसेम्बर ४ तारिखदेखि वेब सिरिज शुटिंग शुरु हुन लागेको हो । चार दिन सम्म टोली छायांकनको लागि रहने छ । यो वेब सिरिज भने काठमाडौंको त्रिभुवन विमानस्थल, बसन्तपुर लगायतका ठाउँमा छायांकन हुने निर्माण पक्षले जनाएको छ। अमेजन प्राइम भिडिओबाट प्रसारण हुने यो वेब सिरिजको छायांकनका क्रममा विजय सेतुपति, केके मेनन र राशी खन्ना काठमाडौं आउने निश्चित भइसकेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर