डुङ्गा दुर्घटनामा परी बालबालिकासहित २९ जनाको मृत्यु,एक दर्जन बढि बेपता — OSNepal

डुङ्गा दुर्घटनामा परी बालबालिकासहित २९ जनाको मृत्यु,एक दर्जन बढि बेपता

LC (KTM) December 02, 2021 0

उत्तर पश्चिमी नाइजेरियामा दर्जनौं यात्रु, प्रायः बालबालिका बोकेको ओभरलोड गरिएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा २९ जनाको मृत्यु भएको छ भने अन्य करिब एक दर्जन हराइरहेको राष्ट्रिय उद्धारमा सम्लग्न राष्ट्रिय निकाय तथा सुरक्षाकर्मीले बुधबार जानकारी गराएका छन् ।

कानो राज्यमा मंगलबारको दुःखद घटना यस वर्ष नाइजेरियामा नदी परिवहन दुर्घटनाहरूको दुःखद् सबैभन्दा पछिल्लो घटना हो । उक्त दुर्घटनामा परेको डुङ्गामा अत्यधिक भार भएको र खराब मौसमका कारण नदीमा आएको बाढीका कारण डुङ्गाले सन्तुलन गुमाएको हुनसक्ने अधिकारीहरूको प्रारम्भिक अध्ययनले देखाएको छ ।
“हामीले अहिलेसम्म कूल २९ मृत शरीर पानीबाट बाहिर निकालेका छौँ र अझै बाँकी १३ जनाको अवस्था पत्ता लगाउन लागिपरेका छौँ,” कानो राज्यका अग्नि सेवाका प्रवक्ता सामीनु अब्दुल्लाहीले बुधबार एएफपीलाई बताए।

गत राति २० जना र बुधबार बिहान नौ जनालाई मृत अवस्थामा नदीबाट निकालिएको थियो । क्त दुर्घटनामा परी घाइते अवस्थामा रहेकासात जनालाई उद्धार गरि उपचारका लागि अस्पताल पठाइएको छ । अब्दुल्लाहीले भने, “१२ वयस्क व्यक्ति बोक्ने क्षमता रहेको डुङ्गामा क्षमताभन्दा बढी धेरै केटाकेटीहरूलाईराखिएको पुष्टि भएको छ ।”कानो राज्यको बदाउ गाउँबाट आठ देखि १५ वर्षका अधिकांश मृतक बालबालिकाहरू धार्मिक समारोहमा सहभागी बन्न नदी पारी अर्को किनारामा रहेको सहर बाग्वईतिर जाँदै थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर