मन्दिर सफा गर्ने क्रममा पुजारीले भेटे सात टाउके नागको काँचुली — OSNepal

मन्दिर सफा गर्ने क्रममा पुजारीले भेटे सात टाउके नागको काँचुली

LC (KTM) December 02, 2021 0

काठमाडौँ । सात टाउके नागको काँचुली फेला परेकोछ । खबर हो भारतको तमिलनाडुको बेंगलुरुबाट करिब ६० किलोमिटर टाढा डोड्डी गाउँको ।

सात टाउके नागको काँचुली देखा परेसँगै यसलाई हेर्न उक्त स्थानमा निकै ठूलो भीड लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मानिसहरुले त्यहाँ सात टाउके नाग त देखेनन् तर उनीहरुले काँचुली देखेर नै निकै आश्चर्य लागेको उल्लेख गरेका छन् । त्यो ठाउँमा सात टाउको वाला नागको काँचुली भेटेपछि निकै धेरै मानिस उक्त स्थानमा झुम्मिएका छन् । सबैभन्दा पहिला उक्त काँचुली मन्दिरका एक पुजारीले काँचुली देखेका थिए ।

उनले काँचुली देखेपछि नियालेर हेर्दा केही पर सात वटा टाउको छुटिएको काँचुली भेटे लगत्तै स्थानीइलाई खबर गरेका थिए । मन्दिर वरपर सफाइ गर्दा त्यो काँचुली भेटिएकाले पनि त्यसलाई दैवीशक्ति मानिएको छ । त्यो मन्दिर शक्तिशाली भएको कुरा यसले पनि प्रमाणित गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर