अमेरिकामा कोभिड १९ विरुद्धको खोप लगाएको व्यक्तिमा देखा पर्यो ओमिक्रोन — OSNepal

अमेरिकामा कोभिड १९ विरुद्धको खोप लगाएको व्यक्तिमा देखा पर्यो ओमिक्रोन

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । अमेरिकामा ( कोभिड -१९) कोरोना भाइरस विरुद्धको पुर्ण खोप लगाएको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ ।

अमेरिकाको एलर्जी तथा संक्रामक रोग इन्स्टिच्युटका निर्देशक डा. एन्थोनी फाउचीले ह्वाइट हाउसले दिएको जानकारी अनुसार अफ्रिकाबाट आएका एक व्यक्तिमा संक्रमण पुष्टि पुष्टि भएको हो । फाउचीका अनुसार हाल उक्त संक्रमितको अवस्था सामान्य रहेपनि उनले बुस्टर खोप भने नलगाइएको पाइएको छ ।

केही दिन अगाडी मात्र अमेरिकामा देखिएको कोभिड १९ को ओमिक्रोन भाइरस २४ देमा फैलिसकेको छ । डेढ हप्ता अगाडी दक्षिण अफ्रिकामा देखिएको यो भाइरस पछिल्लो पटक भने दक्षिण कोरियामा देखिएको छ ।

त्यसैगरी, बेलायतमा दक्षिण अफ्रिकाबाट फर्किएका पँच जनामा कोभिड देखा परेको छ । हाल सम्म यो भाइरस देखिएको देशमा जर्मनी , नेदरल्यान्ड, डेनमार्क, बेल्जियम , ब्राजिल , क्यानडा हङकङ, फ्रान्स, पोर्चुगल , स्वीटजरल्यान्ड , चेक रिपब्लिक , इटाली , स्पेन स्वीडेन , नर्वे ,आयरल्यान्डमा देखा परेको छ ।

अधिकांश देशहरुले अफ्रिका माथि प्रतिबन्ध लगाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर