भारतमा एकै दिन नौ हजार ७६५ संक्रमित थपिए, ४७७ जनाको मृत्यु — OSNepal

भारतमा एकै दिन नौ हजार ७६५ संक्रमित थपिए, ४७७ जनाको मृत्यु

LC (KTM) December 02, 2021 0

नयाँदिल्ली १६ मङ्सिर – भारतमा हिजो बुधबार नौ हजार ७६५ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६ हजार ५४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । बुधबार कोरोना सङ्क्रमणबाट ४७७ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ६९ हजार ७२४ पुगेको छ । भारतमा अझै पनि ९९ हजार ७६३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।

गएको २४ घण्टामा भारतमा आठ हजार ५४८ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ३७ हजार ५४ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।(रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर