नेपाली कांग्रेसको १६ वटा जिल्लामा अधिवेशन स्थगित, अब महाधिवेशन पछि मात्रै जिल्लामा अधिवेशन हुने — OSNepal

नेपाली कांग्रेसको १६ वटा जिल्लामा अधिवेशन स्थगित, अब महाधिवेशन पछि मात्रै जिल्लामा अधिवेशन हुने

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसको १६ वटा जिल्लामा अधिवेशन स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले एक विज्ञप्ती जारी गर्दै यसको जानकारी गराएको हो । अब अधिवेशन हुन बाँकी सबै जिल्लामा १४औं महाधिवेशनपछि मात्रै गरिने विज्ञप्तीमा बताइएको छ ।

‘आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रमस्थगत गरिएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अधिवेशन हुन बाँकी हरको जिल्लाको अधिवेशन कार्यतालिका भने महाधिवशेन पछि मात्रै तय गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर