विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका सुनसरीका सन्तोष परिवारलाई रुवाएर उतै अस्ताए — OSNepal

विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका सुनसरीका सन्तोष परिवारलाई रुवाएर उतै अस्ताए

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । वैदेशिक रोजगारीको क्रममा विगत पाँच वर्षदेखि मलेसियामा रहेका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका सन्तोष कुमार ठाकुर रहेका छन् ।

ठाकुर मलेसियाको पेनाङको पेराई पुलाउ पिनाङको एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत थिए । मंगलबार साँझ कम्पनीमा कार्यरत रहेको अवस्थामा शौचालय गएका उनी लामो समयसम्म नफर्किएपछि खोजतलास गर्दा शौचालयमै ढलेको अवस्थामा फेला परको थिए ।

कम्पनीले दिएको जानकारी अनुसार ठाकुरको शौचालयमा नै मृत्यु भइसकेको थियो । उनको घरमा बुबाआमा, श्रीमती र छोराछोरी छन् ।

उनको पोस्टमार्टम रिपोर्ट आएपछि त्यहाँ रहेको नेपाली दूतावाससँग समन्वय गरी शवलाई नेपाल पठाईदिने कम्पनी प्रशासनले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर