भारतले गर्यो अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय — OSNepal

भारतले गर्यो अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय

LC (KTM) December 02, 2021 0

काठमाडौं – विश्वभर कोरोनाको नयाँ भेरिएन्ट देखा परेपछि फेरी त्रास बढेको छ । जसका कारण विभिन्न देशहरुले अन्त्राष्ट्रिय उडानहरु बन्द गरिसकेका छन् । करिब डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अहिले विश्वका विभिन्न देशहरुमा फैलिइरहेका बेला भारत सरकारले पनि अन्तराष्ट्रिय उडान रोक्ने बताएको छ ।

बुधबार भारतको नागरिक उड्डयन महानिर्देशनालयले एक सूचना जारी गर्दै सबै अन्तराष्ट्रिय उडान रोक्ने निर्णय गरेको हो । भारतको नागरिक उड्डयन महानिर्देशनालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ

चिन्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि । विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ । उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर